News जिनियससँग जोडिए फुटबलर बिमल
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित फरवार्ड बिमल घर्ती मगर जिनियस आईबी वल्र्ड स्कुल, लुभुको स्पोर्टस एम्बासडरमा नियुक्त भएका छन् । यसबारे बिमल र जिनियस स्कुलबीच सम्झौता समेत भएको छ ।

एक कार्यक्रमका बीच सम्झौतापत्रमा जिनियस स्कुलको तर्फबाट अध्यक्ष नविन कुमार जोशी र बिमलले हस्ताक्षर गरे । स्कुलका अनुसार सम्झौता एक वर्षका लागि भए तापनि त्यो थप गर्दै लैजाने स्कुलको योजना रहेको छ ।

सम्झौताअनुसार बिमलले स्कुलका विद्यार्थीहरुलाई फुटबल प्रशिक्षक दिनुपर्ने, स्कुलको कार्यक्रमहरुमा सहभागि हुनुपर्ने र विभिन्न कार्यक्रमहरुको प्रवद्र्धन गर्नुपर्ने बताइएको छ ।

स्मरण रहोस, बिमल हाल राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् भने क्लब फुटबलमा मँिच्छन्द्र फुटबल क्लबका लागि व्यवसायीक फुटबल खेलिरहेका छन् ।

 

Post Comments