News बंगबन्धु गोल्डकप : प्यालेस्टाइनलाई हराउनै पर्ने दबाबमा नेपाल
गोलनेपाल

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा साविक विजेता नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ ।

समूह ए तर्फ आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग २–० ले हारेको नेपाललाई सेमिफाइनल प्रवेश गर्न आज दुई गोल भन्दा बढीले जित्नै पर्ने दबाब छ । उता प्यालेस्टाइनले भने ताजिकिस्तानलाई समान २–० ले हराइसकेको छ र आज उसलाई बराबरी गर्नु पनि प्रर्याप्त बन्नेछ ।

फिफा वरियताको १०० औं स्थानमा रहेको प्यालेस्टाइनलाई १६० औं वरियतामा रहेको नेपाल विरुद्ध आजको खेलको बलियो प्रत्याशी मानिएको छ । यद्यपि सिल्हेट स्टेडियममा आज ६ बजेदेखि शुरु हुने खेलमा नेपालले पनि आफ्नो सम्भावना कायम राख्न कडा मेहनत गर्ने विश्वास गरिएको छ ।

समूह ए मा ३–३ अंकका साथ प्यालेस्टाइन र ताजिकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन नेपाल भने पुछारमा छ । उता समूह बी बाट आयोजक बंगलादेश र फिलिपिन्स सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने लाओस प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Post Comments