News आयोजक उज्वेकिस्तान र इराक सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आयोजक उज्वेकिस्तान र इराक जारी एएफसी यु–२० एसियन कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा उज्वेकिस्तानले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै अर्को सेमिफाइनलमा इराकले उपाधिको बलियो प्रत्याशी आँकिएको इरानलाई १–० को झिनो अन्तरले हरायो । खेलको इन्जुरी समयमा अलि जसिमले गरेको एक मात्र इराकलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो ।

 

Post Comments