News रोहितको टोली पेर्सिकको लगातार पाँचौं जित
गोलनेपाल

काठमाडौं । लिगको उत्तरार्धमा लय समाउँदै गएको रोहित चन्दको टोली पेर्सिक केदिरीले इण्डोनेसियन लिगा वानमा आइतबार लगातार पाँचौं जित हात पारेको छ । सिजनको आठौं जित दर्ता गर्ने क्रममा पेर्सिकले रोहितको पूर्व टोली पेर्सिजा जकार्तालाई २–० ले हरायो ।

पेर्सिकको जितमा अल हम्रा हेहानुसाले खेलको १०औं मिनट मै पहिलो गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै उत्कृष्ट लयमा रहेका मोहमद खनाफीले ७५औं मिनटमा दोस्रो गोल गर्दै पेर्सिकको जित पक्का गरेका थिए ।

यो जितसँगै २९ खेलबाट ३२ अंक जोडेको पेर्सिक लिगतालिकाको १५औं स्थानमा छ । उता पराजित जकार्ता भने ५१ अंकका साथ तेस्रो स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल शनिबार पर्सेबयासँग खेल्नेछ ।

Post Comments