News १३औं वाका कप तथा प्रथम अध्यक्ष कप चैत्र २० देखि
गोलनेपाल

गैरा । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन, समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आउँदो चैत्र २० देखि वैशाख १ गतेसम्म १३औं वाका कप तथा प्रथम अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

छार वाका राहा युवा क्लब, नेत्रावती डबजोङ–३, गैरा, धादिङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि चेत्र १० देखि १८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १२ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

नेत्रावती डबजोङ गाउँपालिका, धादिङको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद १५–१५ हजारसहित पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि नगद ५–५ हजार र ट्रफी हात पार्ने प्रतियोगिता संयोजक बुद्धिमान तामाङले जानकारी दिए ।

 

Post Comments