News
जापानमा लमजुङ एफसीलाई उपाधि

काठमाडौं । जापानमा रहेका आप्रवासी नेपालीहरुबीच भएको एमआरआर टोचिगी फुटसल च्याम्पियनसिपको उपाधि लमजुङ एफसीले जितेको छ ।
फाइनलमा काल भैरवलाई २–५ ले हराउँदै लमजुङ च्याम्पियन बनेको हो । विजेता बनेको लमजुङ एफसीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता काल भैरवले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
एमआरआर टोचिगी जापानको आयोजनामा भएको प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको आयोजकले जानकारी दियो ।
Post Comments