News गाईघाट मिल्स गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

रानी । गाईघाट फुटबल क्लब, उदयपुर जारी तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा गाईघाटले बिरगंज युनाइटेडलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि विराटनगर जुट मिल्स खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा गाईघाटका गोलरक्षक निम छिरिङ शेर्पा म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी बिराटनगर महानगरपालिका वार्ड नम्बर १८ का वार्ड अध्यक्ष जितैन्द्र कुमार साहले पुरस्कार वापत नगद ३ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत १ गते बुधबारको पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब, सिराहा र ध्रुवतारा स्र्पोटिङ क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत ४ गतेका दिन हुनेछ ।

Post Comments