News लिगमा आजः विभागीय भिडन्त, एनआरटी र मनाङ पनि भिड्दै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दुई खेलहरु हुँदैछन् । पहिलो खेल दिनको २ः३० बजेदेखि च्यासल स्टेडियममा हुँदैछ । जहाँ दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब भिड्ने छन् ।

लिगमा तीन खेलबाट एक जितका साथ ५ अंक जोडेको आर्मी लिगतालिकाको छैठौं स्थानमा छ र आज एपिएफ विरुद्ध दोस्रो जित निकाल्ने दाउमा छ । उता तीन खेलबाट ४ अंक जोडेको एपिएफ भने लिगतालिकाको नवौं स्थानमा छ र आज आर्मी विरुद्ध निश्चित जित निकाल्दै स्थान सुधारको प्रयासमा हुनेछ ।

त्यस्तै दशरथ रंगशालामा ५ः३० बजेदेखि शुरु हुने खेलमा न्युरोडटिम (एनआरटी) र मनाङ मस्र्याङ्दी क्लब भिड्ने छन् । लिगमा तीन खेलबाट १ जित, २ बराबरीका साथ अपराजित मनाङले ५ अंक जोड्दै आफूलाई आठौं स्थानमा उभ्याएको छ र आज दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

उता तीन खेलसम्म पनि जितविहीन एनआरटी १ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ र आज पहिलो जितको खोजीमा हुनेछ ।

Post Comments