
हेटौडा । पशुपति भेट्रान्स क्लबको आयोजनामा भएको प्रथम वडास्तरीय मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साडइ भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले जितेको छ ।
औद्योगिक क्षेत्रको खेल मैदानमा भएको फाइनल खेलमा ४ नम्बर वडालाई टाइब्रेकरमा १–० गोलअन्तरले पराजित गरी उपाधी जित्न सफल भएको हो । निर्धारित समयको खेल समय गोलरहित बराबरीपछि खेलको निर्णय लिन टाइब्रेकरको सहारा लिईएको थियो ।
विजेता बनेको ७ नम्बर वडाले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता ४ नम्बर वडाले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
फाईनल खेलको टाइब्रेकरमा २ वटा प्रहार बचाएका ७ नम्बरका वडाका ज्ञानु क्षेत्री उत्कृष्ट गोलरक्षक सहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत भए । ४ नम्बर वडाका मनोज लामा सर्वाधिक गोलकर्ता भए ।
उत्कृष्ट फरवार्ड ७ नम्बर वडाका राजेन्द्र थापा मगर, उत्कृष्ट मिडफिल्डर ४ नम्बर वडाका प्रकाश थापा मगर, उत्कृष्ट डिफेन्डर ४ नम्बरका रणवीर थापा र उत्कृष्ट प्रशिक्षक ७ नम्बरका सोम तितुङ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा