रानी । उत्कृष्ट जितका साथ प्रतिभा फुटबल क्लब, गोलबजार जारी तेस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा गाईघाट फुटबल क्लब, उदयपुरलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै प्रतिभा फाइनलमा प्रवेश गरेको हो ।
बिराटनगर जुट मिल्स खेलमैदानमा भएको खेलमा प्रतिभाका लागि दोस्रो हाफको तेस्रो मिनट मै अब्दुलाले पहिलो गोल गरे । दोस्रो हाफ कै २२औं बिनटमा बिनु आले मगरले दोस्रो गोल गर्दा ३४औं मिनटमा सिद्धान्त लामाले तेस्रो गोल गर्दै प्रतिभाको उत्कृष्ट जित र फाइनल स्थान पक्का गरेका थिए ।
खेलमा प्रतिभाका बिनु आले मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । फाइनल खेल चैत ४ गते शनिबारका दिन प्रतिभा फुटबल क्लब र ध्रुवतारा स्र्पोटिङ क्लब, झापाबीच हुनेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछ ।

- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय