News मिक्लाजुङ रबि गोल्डकप चैत २४ देखि
गोलनेपाल

पाँचथर । राइजिङ स्टार फुटबल क्लब पाँचथरको आयोजनामा हुने छैटौं मिक्लाजुङ रबि गोल्डकप आगामी चैत २४ गतेबाट हुने भएको छ । पाँचथरकै दोश्रो ठुलो ब्यापारिक केन्द्र मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत रहेको रबि बजारमा प्रतियोगिताको छैटौं संस्करण चैत २४ देखि २०७७ बैशाख १ गते सम्म आयोजना हुने आयोजकले पत्रकार सम्मेलन जानकारी दियो ।

मिक्लाज्ङ ४ मा रहेको अमरदिप आधारभुत बिद्यालयको खेलमैदानमा हुने प्रतियोगितालाई वाइवाइले मुख्य प्रयोजन गर्नेछ । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागीता रहने छ ।

प्रतियोगितमा ए डिभिजन लिग खेलीरहेको सरस्बती युथ क्लब काठमाण्डौ, चर्च ब्वाइज क्लब काठमाण्डौ, गोर्खा ब्वाइज रुपन्देही, भाङभारी फुटबल क्लब दमक झापा, इलाम फुटबल क्लब इलाम र भारतको रोयल फुटबल क्लब सिलिगुढी, मदन भण्डारी स्र्पोटस एकेडेमी र आयोजक क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

झन्डै ३५ लाख खर्च हुने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्नेछ भने उपबिजेताले नगद २ लाख प्राप्त गर्ने छ ।

Post Comments