News तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
गोलनेपाल

तुम्बेवा । पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” मा सुम्निमा पारूहाङ एफसी र वडा स्तरीय महिला फुटबल प्रतियोगितामा तुम्बेवा ३ मौवा सेमिफाइनल प्रवेश गरेका छन ।

सोमबार सम्पन्न महिला तर्फको क्वाटर फाइनलमा तुम्बेवा २ चुवाडेलाई ३-० गोलले पराजित गर्दै तुम्बेवा ३ मौवा सेमिफाइनल प्रवेश गरेको हो ।

मौवाको जितका लागि प्रनिशा कुरूङवाङ,प्रियङ्का कुरूङवाङ र सबिना लावतीले एक एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच मौवाकै प्रियङ्का कुरूङ्वाङ घोषित भइन ।

त्यस्तै पुरूष तर्फको पहिलो क्वाटर फाइनलमा आयोजक पहेलोलाई एकका विरूद्ध चार गोलले पराजित गर्दै सुम्निमा पारूहाङले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सुम्निमा पारूहाङको जितका लागि गोली लिम्बु,युनिश मगर,सुबास तामाङ र मनोज सॉवाले एक एक गोल गरे भने आयोजक पहेलोका लक्ष्य लिम्बुले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच सुम्निमाका गोली लिम्बु घोषित भए ।

यस अघि सोमबार नै “एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराका साथ सम्पन् खुल्ला पुरूष फुटबल तर्फको प्रि क्वाटर फाइनलमा सन्जिवनी स्पोर्टिङ क्लब धनकुटाले तुम्बेवा फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । सन्जिवनीका तर्फबाट अनिल परीयारले दुई र सुक्र लिम्बुले एक गोल गरे भने तुम्बेवाका साजन राइले एक गोल फर्काए । खेलको प्लेयर अफ दि म्याच सन्जिवनीका अनिल परीयार घोषित भए ।

त्यस्तै सोमबार नै सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनलमा नेट बल मार्फत डिफेन्डिङ च्याम्पियन आयोजक सेतो क्वाटर फाइनल पुगेको हो ।

ब्राइट स्टार नाम्तोक एफ सी निर्धारित समयमा खेल मैदानमा उपस्थित नभए पछि आयेजक सेतो नेट बल मार्फत भाग्यमानी बनेको हो । सबै खेलका प्लेयर अफ दि म्याचले एक हजार पॉच सय रूपैया प्राप्त गरे ।

प्रतियोगिताको चौथो दिन जेठ ५ गते मंगलबार महिला तर्फको एक सेमिफाइनल खेल र पुरूष तर्फका ३ क्वाटर फाइनल खेल सन्चालन हुने खेल तालिका रहेको छ ।

महिला तर्फको पहिलो सेमिफाइनलमा तुम्बेवा ४ वलने र तुम्बेवा ५ हॉङगुम बिच सोमबार बिहानको १०ः३० बजे खेल सन्चालन हुने खेल तालिका रहेको छ ।

खुल्ला पुरूष तर्फ मंगलबार दोस्रो क्वाटर फाइनलमा एम एफसी र फक्ताङलुङ एफसी बिच बिहानको ११ः३० बजे खेल हुने खेल तालिका रहेको छ ।

जेठ ७ गते सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

महिला तर्फको विजेताले ३३ हजार ३३३ सहित ट्रफि र उप विजेताले १६ हजार ३३३ सहित ट्रफि प्राप्त गर्नेछन ।

तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिता स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन आयोजना गरिएको बताए ।

Post Comments