News थ्री नेशन्स कपमा नेपालको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । बुधबारदेखि दशरथ रंगशालामा शुरु प्रधानमन्त्री थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । विजयी शुरुवात गर्ने क्रममा नेपालले पाहुना टोली लाओसमाथि २–० को जित निकाल्यो ।

नेपालले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलमा शुरुवाती अग्रता अनन्त तामाङले दिलाए । ३०औं मिनटमा हेडरमार्फत गोल गोल गर्दै अनन्तले घरेलु टोलीलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल थप्यो । ५६औं मिनटमा अनुभवी फरवार्ड नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपाललाई २–० को स्थितिमा ल्याए । जुन खेलको निर्णायक नतिजा पनि बन्यो ।

यो जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । नेपालले आफ्नो आगामी खेल चैत १४ गतेका दिन भुटानसँग खेल्नेछ । त्यसअघि भुटाने चैत ११ गतेका दिन लाओससँग खेल्ने कार्यक्रम छ ।

लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल चैत १७ गतेका दिन हुनेछ ।

Post Comments