
हेटौंडा । दोस्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधी चुमेको हो ।
हेटौंडाको तर्फबाट विनोद घलान, लक्ष्मण बिडारी, साम्युल सुनार र प्रितम स्याङ्बोले एक–एक गोल गरेका थिए । जितसँगै हेटौंडा उपमहानगरपालिकाले नगद २ लाख रुपैयाँ र उपविजेता मकवानपुरगढीले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
खेलको म्यान अफ द म्याच साम्युल सुनार घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि हेटौंडाका साम्युल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी बिधागत तर्फ पनि हेटौडा उपमहानग।पालिकाले एकाधिकार जमायो गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवार्ड बिनोद लामा र प्रशिक्षकमा विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा भएको दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा जिल्लाको स्थानीय तहहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दावादोर्जे लामा, हेटौंडा १ नम्वर वडा अध्यक्ष सविन न्योपानेलगायतको आतिथ्यता रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा