News एनआरटीलाई सेमिफाइनलमा पुर्याउन अशोकको निर्णायक गोल
गोलनेपाल

सिमरा । न्युरोडटिम (एनआरटी) जारी १३औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एनआरटीले बिरगंज युनाइटेडलाई १–० ले हरायो र सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

सिमरा रंगशालामा भएको खेलको २९औं मिनटमा अशोक थापाले गरेको उक मात्र गोल एनआरटीलाई जित दिलाउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता थापा नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १३ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत १८ गतेका दिन हुनेछ ।

Post Comments