News गोर्खा ब्वाईज सेमिफाइनलमा प्रवेश
गोलनेपाल

भोजपुर । गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलतपर्ः गोर्खा ब्वाईजले भगवती स्पोर्टस क्लब, खोटाङलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारि सतयमको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने गोर्खा ब्वाईजले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा गोर्खा ब्वाईजका साहिद म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र मेडल हात पारे । प्रतियोगिता अन्तरगत चैत १३ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र बसाहा क्लब, उदयपुर बीच हुने आयोजकले जानकारी दियो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments