News उत्कृष्ट जितका साथ फोर ब्रदर्श क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । उत्कृष्ट जित हात पार्दै फोर ब्रदर्श एफसी, नवलपरासी यहाँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ फोर ब्रदर्शले न्यु सिर्जना युथ क्लब, करौजियालाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । फोर ब्रदर्शको जितमा मनिष चौधरीले दुई गोल गरे । त्यस्तै प्रकाश पुन, जिवन पुन र निशान न्यौपानेले थप एक–एक गोल गरे ।

खेलमा दुई गोल गरेका फोर ब्रदर्शका मनिष चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत २० गते सोमबारको पहिलो क्वाटरफाइनल खेल लुम्बिनी ञानज्योति क्लब, सियारी र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक जविन सुनारले जानकारी दिए ।

माछापुच्छ्रे क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments