News
जापान दोस्रोपटक च्याम्पियन

काठमाडौं (एजेन्सी) । कतारमा सम्पन्न भएको एएफसी यु–२३ एसियन कपको उपाधि जापानले दोस्रोपटक जित्न सफल भएको छ । फाइनलमा गत संस्करणको उपविजेता उज्वेकिस्तानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै जापान दोस्रोपटक च्याम्पियन बनेको हो ।
कतारी शहर अल–रयनमा भएको उपाधि भिडनतमा जापानका लागि अन्तिमतिर इन्जुरी समयमा फुकी यामादाले गरेको एक मात्र गोल ब्लु सामुराईलाई दोस्रोपटक विजेता बनाउन निर्णायक गोल बन्यो ।
यो नतिजासँगै एसियाबाट जापान, उज्वेकिस्तान र तेस्रो स्थान हासिल गरेको इराक यसै वर्ष पेरिसमा हुने पुरुष ओलम्पिक फुटबलका लागि सोझै छनौट भएका छन् ।
त्यस्तै चौथो स्थान हासिल गरेको इण्डोनेसियाले गुएनासँग प्ले अफ खेल्नेछ । सो खेलमा जित हात पार्ने टोलीले पनि पेरिस ओलम्पिकमा स्थान सुरक्षित गर्नेछ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि