News लिगलिडर मोहन बगानसँग हार्यो किरणको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन लिग (आइ लिग) मा नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली पञ्जाब एफसीले साँघुरो हार बेहोरेको छ ।

कोलकाता स्थित कल्याणी स्टेडियममा भएको सो प्रतिस्पर्धात्मक खेलमा पञ्जाबले लिगलिडर मोहन बगानसँग १–० को साँघुरो हार बेहोर्यो । पहिलो हाफको ४२औं मिनटमा पापा डाइवाराको एक मात्र हेड गोल खेलको निर्णायक गोल बन्यो ।

यो जितपछि ११ खेलबाट २६ अंक जोडेको मोहन बगान शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको पञ्जाबभन्दा ९ अंकले अगाडी छ । दोस्रो स्थानमा रहेको पञ्जाबको १७ अंक छ ।

Post Comments