
बाग्लुङ । चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको सह–आयोजनामा दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
बाग्लुङ जिल्ला भित्र रहेका विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता यहि माघ २८ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने खेल संयोजक दिपक थापाले जानकारी दिए । त्यस्तै व्यत्तिःगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक थापाले बताए ।
विद्यार्थीहरुलाई अध्ययनसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय गराउन प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजक स्कुलले जनाएको छ ।
बाग्लुङ नगरपालिका–१, बाङ्गेचौर खेलमैदानमा नकआउटका आधारमा हुने प्रतियोगितामा कुल १६ स्कुलहरुको सहभागिता रहनेछ ।