भद्रपुर । नेपालकै होचो भू–भाग कचनकवलमा सोमबारदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई १–२ ले पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलामले विजयी शुरुवात गरेको छ । साथै यो जितसँगै रेड हर्ष प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
खेलको पहिलो हाफतर्फ २६औ मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ३६औ मिनेटमा राईले नै थप एक गोल गरे । उता जलथलका लागि सरोज कार्कीले खेलको ५१औ मिनेटमा एक मात्र गोल फर्काएका थिए ।
खेलको म्यान अफ द म्याच इलामका किस्मत राई घोषित भए । उनले पुरस्कार वापत नगद दुई हजार प्राप्त गरे । आउँदो फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख ५० हजार हात पार्नेछ भने उपविजेताले एक लाख नगद हात पार्नेछ ।
भ्रमण वर्षलाई लक्षित गरि कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा