News आयोजक भूपू सैनिक सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक भूपू सैनिक भेट्रान यहँँ जारी दोस्रो भूपू सैनिक भेट्रान कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलतर्फ भूपू सैनिकले झरना भेट्रानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बुटवल–१३, सालघारी स्थित जबई खेलमैदानमा सम्पन्न खेलमा भूपू सैनिकका लागि राजु गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै मंगलबार नै भएका अन्य खेलहरुमा हेटौडा भेट्रानले वालिङ भेट्रानलाई ३–१ ले हरायो । त्यस्तै संगम भेट्रानले चितवन भेट्रानलाई २–० ले हराउँदा चावहिल भेट्रानले बर्दघाट भेट्रानलाई ६–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । प्रतियोगिताका तीन क्वाटरफाइनल खेलहरु बुधबार हुनेछन् ।

भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments