कैलाली । उत्कृष्ट जित हात पार्दै फोर ब्रदर्श फुटबल क्लब, नवलपरासी यहाँ जारी तेस्रो गौरीगंगा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ फोर ब्रदर्शले नवयुवा मैत्रीभाव एकता समाज क्लब, बर्दियालाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । फोर ब्रदर्शको जितमा कप्तान बिनोद केवटले दुई गोल गरे । त्यस्तै हरि कठायतले एक गोल गरे भने थप एक गोल विपक्षी टोलीका सुजन गुरुङले आत्मघाती गोलका रुपमा गरेका थिए ।
त्यस्तै पराजित नवयुगाका लागि फागुराम थारुले एक मात्र सान्त्वना गोल गरेका थिए । खेलमा फोर ब्रदर्शका लागि दुई गोल गरेका कप्तान बिनोद केवट म्यान अफ द म्याच समेत चुनिए । फोर ब्रदर्शले अब फाइनलमा स्टार सिटी क्लब,कैलालीसँग उपाधिका लागि भिड्ने छ ।
गौरीगंगा–११ स्पोर्टस क्लब, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने