News एपिएफ स्कुल कपः ल्याब स्कुल र सैनिक स्कुल विजयी
गोलनेपाल

काठमाडौं । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार पनिे ४ खेलहरु सम्पन्न भएका छन् ।

जसअन्तरगत पहिलो खेलमा एम्ब्रोसिया ईन्टरनेशनल स्कुल र जेम्स स्कुलले १—१ गोलको बराबरी खेलेका छन् । एम्ब्रोसिया ईन्टरनेशनल स्कुलका लागि दिपेन खत्रीले गोल गरे भने जेम्स स्कुलको तर्फबाट आदित्य थापाले गोल गरेका थिए ।

त्यसैगरी दोस्रो खेलमा रिब्स स्कुलले बाघ भैरव बोडिङ्ग स्कुललाई ४—० को फराकिलो अन्तरले हरायो । रिब्सका लागि आयुष खड्काले दुई तथा सास्वत वाग्ले र अनमोल पाख्रिनले १–१ गोल गरे ।

त्यस्तै तेस्रो खेलमा ल्याब्रोटरी मा.बि.ले लोयल्टी एकेडेमीलाई ३—० गोल अन्तरले पराजित गर्यो । ल्याब्रोटरी मा.बि.को तर्फबाट रविन तामाङ्ग २ र समिर स्यानह्याङ्गले १ गोल गरेका थिए ।

सोमबारको अन्तिम खेलमा सैनिक आवासिय महाविद्यालयले पुष्पसदन आवासीय माध्यमिक विद्यालयलाई ५—२ गोल अन्तरले पराजित गर्यो । सैनिक आवासिय महाविद्यालयको तर्फबाट विमर्स थापाले ह्याट्रिक गरे भने विमर्स विष्ट र सुशान्त सापकोटाले १–१ गोल गरे । उता पराजित पुष्पसदन आवासीय माध्यमिक विद्यालयको तर्फबाट नुर्बु तामाङ्ग र एलेक्स खड्काले १–१ गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो खेल राराहिल मेमोरियल स्कुल र नेपाल पुलिस स्कुलबीच हुनेछ भने दोस्रो खेल ग्रिन भिलेज एजुकेशन फाउण्डेशन र जनसेवा उ.मा.वि. कीर्तिपुर भिड्ने छन् ।

त्यस्तै तेस्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन होम स्कुल विरुद्ध एम्ब्रोसिया ईन्टरनेशनल स्कुल भिड्दा चौथो खेलमा साल्भिनिया एकेडेमी र पुष्पसदन आवासीय माध्यमिक विद्यालय कीर्तिपुर आमने सामने हुनेछन् ।

 

Post Comments