News प्रथम चिडियादह यु–१५ च्याम्पियनसिप हुने
गोलनेपाल

चन्द्रपुर । ‘लागु औषध विरद्धको बोल, खेलाडी उत्पादनमा जोड’ भन्ने नाराका रौतहटको चन्द्रपुरमा यही आउँदो बैशाख २ गतेका दिन प्रथम चिडियादह यु–१५ च्याम्पियनसिप एक दिने फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँघरमा रहेका बाल खेलाडीहरुलाई सानै उमेरदेखि फुटबलमा परिपक्व र अभ्यस्त बनाउन तथा फुटबलको माहौल सिर्जना गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

चिडियादह स्टार क्लब, चन्द्रपुर, रौतहटले आयोजना गर्न गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको जानकारी दियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई प्रोत्साहन स्वरुप उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

चन्द्रपुर–५, रौतहट स्थित आयोजक क्लबको घरेलु मैदानमा हुने प्रतियोगिताको आयोजनाले सबै उमेरसमूहका युवा खेलाडीहरुलाई फुटबलमा लाग्न प्रेरित गर्ने विश्वास पनि आयोजकले लिएको छ ।

Post Comments