News
नव जन जागृतिलाई आठौं ओसन कपको उपाधि
गोरखा । ‘गोरखा मेयर फुटबल विकास कार्यक्रम’ अन्तरत भएको आठौं द ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नव जन जागृति युवा क्लब, सिमरा, बाराले जितेको छ ।
गोरखा स्थित आयोजक द ओसन क्लबको टर्फ मैदानमा भएको फाइनल भिडन्तमा नव जन जागृतिले लक्ष्मी कम्युनिटी ऐजुकेशन एकेडेमीलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको नव जन जागृतिले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता लक्ष्मी ऐजुकेशनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा देशका उत्कृष्ट १२ यु–१३ फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन