News तुम्बेवा गाउँपालिका अध्यक्ष कप हुँदै
गोलनेपाल

मौवा । तुम्बेवा गाउँपालिका, मौवा, पाँचथरको आयोजनामा यही बैशाख ११ देखि १५ गतेसम्म तुम्बेवा गाउँपालिका अध्यक्ष कप खुला नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

तुम्बेवा–३ मौवा स्थित इन्द्राणी माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता यही बैशाख ७ गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क र धरौटी शुल्क ५–५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments