News छैठौं सुम्निमा रिया आइएमइ गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । सुम्निमा युनाइटेड, मलेसियाको आयोजनामा यही अप्रिल २२ तारीखदेखि शुरु हुन गईरहेको छैठौं सुम्निमा रिया आइएमई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

वाइएमसिए खेलमैदान, इपोमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा हाल मलेसियामा रहेका आप्रवासी नेपालीहरु सम्मिलित कुल १४ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल अप्रिल २४ तारीखका दिन हुनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments