News जावलाखेल र चर्च ब्वाईजबीच आज शिर्षताको भिडन्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज लिगतालिकाको शिर्ष दुई स्थानमा रहेका जावलाखेल युथ क्लब र चर्च ब्वाईज युनाइटेड आमने सामने हुँदैछन् । दश खेलबाट २० अंक जोडेको जावलाखेल शिर्ष स्थानमा रहँदा १८ अंकका साथ चर्च ब्वाईज दोस्रो स्थानमा छ ।

दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने यी दुई टोलीबीचको खेलमा एउटालाई शिर्षता जोगाउने चुनौति हुनेछ भने अर्कोलाई शिर्ष स्थानमा उक्लिने । यी दुवै टोलीबीचको खेल आज रोमाञ्चक हुने अनुमान गरिएको छ ।

त्यस्तै दशरथ स्टेडियम मै ३ बजेदेखि शुरु हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई एफसी खुमलटारले चुनौति पेश गर्नेछ भने सोही समयमा च्यासल स्टेडियममा हुने खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेण्डस क्लब पनि भिड्ने कार्यक्रम छ ।

Post Comments