News सम्रानीलाई दमाम भेट्रान गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । साउदी अरबमा रहेका आप्रवासी नेपालीहरुबीच भएको प्रथम दमाम भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सम्रानी फुटबल क्लब, दमामले जितेको छ ।

उपाधिका लागि भएको फाइनल भिडन्तमा सम्रानीले युनाइटेड फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । सम्रानीका लागि दुवै गोल इन्द्र पुनले गरेका थिए ।

विजेता बनेको सम्रानीले उपाधिसहित नगद ५१५१ रियाल हात पार्यो भने उपविजेता युनाइटेडले २४२४ रियालसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

दमाम भेट्रान फुटबल क्लब, दमाम, साउदी अरबको आयोजनामा भएको प्रतियोगितामा त्यहाँ रहेका आप्रवासी नेपालीहरुको कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments