News उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

गाईघाट । उदयपुर जिल्ला फुटबल संघ, उदयपुरको आयोजनामा यही बैशाख १६ देखि २३ गतेसम्म हुन गईरहेको उप–मेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

रुहट रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरी र बागमती युवा क्लब, सर्लाही भिड्ने छन् । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा हुन गईरहेको प्रतियोगितामा कुल ८ महिला फुटबल टोलीहरुले सहभागिता जनाउँदै छन् ।

त्रियुगा नगरपालिका, गाईघाट, उदयपुरको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments