News पथरी शनिश्चरे उपमेयर महिला गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

उदयपुर । पथरी शनिश्चरे महिला फुटबल क्लब, मोरङ यहाँ जारी उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा पथरी शनिश्चरेले गाईघाट महिला फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । थरुहट रंगशालामा भएको खेलमा पथरी शनिश्चरेका लागि दुवै गोल सुप्रिया मियाले गरिन् । उता पराजित गाईघाटका लागि मनिता तामाङ गोल गरेकी थिईन् ।

उदयपुर जिल्ला फुटबल संघ, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २३ गतेका दिन हुनेछ ।

Post Comments