News
रोकियो साबित्राको टोली केरला
काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ लगातार तीन जित हात पारेको सावित्रा भण्डारीको टोली साविक विजेता गोकुलम केरलाले आफ्नो चौथो खेलमा बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा केरलाले तुलनात्मक रुपमा कमजोर आँकिएको मिसाका युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
यो नतिजाका बावजुद समूह ए मा ४ खेलबाट १० अंकका साथ केरला शिर्ष स्थान मै यथावत छ । त्यस्तै समूह ए तर्फ कै बिहीबार बिहान सम्पन्न अर्को खेलमा इष्ट बंगाल एफसीले मुम्बई नाईट्स एफसीलाई ४–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
यो नतिजापछि ४ खेलबाट ९ अंक जोडेको इष्ट बंगाल दोस्रो स्थानमा छ । मुम्बई नाईट्स भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल