News रोकियो साबित्राको टोली केरला
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ लगातार तीन जित हात पारेको सावित्रा भण्डारीको टोली साविक विजेता गोकुलम केरलाले आफ्नो चौथो खेलमा बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा केरलाले तुलनात्मक रुपमा कमजोर आँकिएको मिसाका युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

यो नतिजाका बावजुद समूह ए मा ४ खेलबाट १० अंकका साथ केरला शिर्ष स्थान मै यथावत छ । त्यस्तै समूह ए तर्फ कै बिहीबार बिहान सम्पन्न अर्को खेलमा इष्ट बंगाल एफसीले मुम्बई नाईट्स एफसीलाई ४–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

यो नतिजापछि ४ खेलबाट ९ अंक जोडेको इष्ट बंगाल दोस्रो स्थानमा छ । मुम्बई नाईट्स भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।

लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments