काठमाडौं (एजेन्सी) । एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ दक्षिण एसियाका तीन टोलीहरु भुटान, भारत र बंगलादेशले हार बेहोरेका छन् ।
समूह बी मा रहेको भुटानले ब्रुनेईसँग उसकै घरमा २–१ को हार बेहोरेको हो । सोही समूहको अर्को खेलमा यमन र लेबनानले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि समूह बी मा २ खेलबाट ४ अंक जोडेको लेबनान शिर्ष स्थानमा रहँदा ३ अंकसहित ब्रुनेई दोस्रो स्थानमा छ । त्यस्तै २ अंकका साथ यमन तेस्रो स्थानमा रहँदा १ अंकका साथ भुटान पुछारमा छ । स्मरण रहोस, भुटानले आफ्नो पहिलो खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
त्यस्तै समूह सी तर्फ रहेको भारतले गत साता नेपालसँगै गोलरहित बराबरी खेलेको हङ्गकङ्गलाई ०–१ ले नतिजा सुम्पियो । सोही समूहमा रहेको अर्को दक्षिण एसियाली टोली बंगलादेशले सिंगापुरसँग १–२ को हार बेहोर्यो ।
यो नतिजापछि समान ४–४ अंक जोडेका सिंगापुर र हङ्गकङ्ग समूह सी को क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान १–१ अंक जोडेका बंगलादेश र भारत भने तेस्रो र चौथो स्थानमा छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल