News मनाङमा अन्तर गाउँपालिका रनिङ कप शुरु
गोलनेपाल

तिमाङ । मनाङ जिल्ला फुटबल संघको आयोजनामा जिल्लास्तरीय अन्तर गाउँपालिका रनिङ कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ङिस्याङ गाउँपालिकाले विजयी शुरुवात गर्यो ।

उद्घाटन खेलमा ङिस्याङले नार्पा भूमी गाउँपालिकालाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । ङिस्याङको जितमा कर्मा वाङ्गेल गुरुङले दुई गोल गरे भने लोप्साङ गुरुङले थप एक गोल गरे । उता पराजित नार्पा भूमिका लागि कर्मा वोङ्गेल लामाले एक मात्र गोल फर्काएका थिए ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा मनाङका चार गाउँपालिकाको फुटबल टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments
Advertisement Yamaha Nepal