भरतपुर । चितवनमा यही बैशाख २५, २६ र २७ गतेका दिन तीन दिने स्व.अनिल परियार स्मृति प्रथम खुला फुटसल प्रतियोगिता हुने भएको छ । भरतपुर स्थित क्षेत्रपुर फुटसल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको प्रतियोगिता संयोजक सुनिल राना मगरले बताए ।
संयोजक सुनिलका अनुसार प्रतियोगितामा सहभागिताका लागि यही बैशाख २१ गतेसम्म टिमदर्ता खुला गरिएको बताए । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि उनले जानकारी दिए । प्रतियोगितामा चितवन जिल्ला बाहिरबाट आउने टोलीहरुलाई बस्नको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक प्रविण श्रेष्ठले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि