News
एएफसीको महिला कमिटीमा नेपालकी सरिला
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य तथा एन्फा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु एसियाली फुटबल महासंघ (एएफसी) को गरिमामय महिला कमिटी सदस्यमा चयन भएकी छिन् ।
एएफसीको महिला कमिटी सदस्यमा चयन हुने सरिला दक्षिण एसियाबाट एक्लो महिला सदस्य समेत हुन् । त्यस्तै एएफसीको महिला कमिटी अध्यक्षमा लाओसकी कन्या कियोमेनी चयन भएकी छिन् भने उपाध्यक्षमा प्यालेस्टाइनकी सुसान शलाबी मोलानो रहेकी छिन् ।
स्मरण रहोस, एएफसीको कार्यसमिति सदस्यमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ छन् भने केही दिन अघि मात्रै एन्फाका उपाध्यक्ष दावा लामा एएफसीको सामाजिक उत्तरदायित्व समितिको सदस्यमा नियुक्त भएका थिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान