धनकुटा । अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा तालतलैया एकेडेमी, सुनसरीले विजयी शुरुवात गरेको छ । राजारानी खेलमैदानमा भएको उद्घाटन खेलमा तालतलैयाले डाँगीहाट युथ क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
तालतलैयाको जितमा विदेशी खेलाडी नेपोलियनले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै तालतलैया प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।
प्रतियोगिता अन्तरगत बैशाख २३ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक रारा फुटबल क्लब, राजारानी र पथरी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २८ गतेका दिन हुनेछ ।

- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा