
धनकुटा । अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा तालतलैया एकेडेमी, सुनसरीले विजयी शुरुवात गरेको छ । राजारानी खेलमैदानमा भएको उद्घाटन खेलमा तालतलैयाले डाँगीहाट युथ क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
तालतलैयाको जितमा विदेशी खेलाडी नेपोलियनले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै तालतलैया प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।
प्रतियोगिता अन्तरगत बैशाख २३ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक रारा फुटबल क्लब, राजारानी र पथरी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २८ गतेका दिन हुनेछ ।
- दोश्रो स्व. ज्ञान ब. र बुद्धिमाया लिम्बु स्मृति राजारानी भेट्रान फुटबल प्रतियोगिता २०८१: हाम्रो राजारानी भेट्रान फुटबल क्लब च्याम्पियन
- दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति भेट्रान फुटबल प्रतियोगिता: हाम्रो राजारानी भेट्रान र इलाम एफ.सी. यु.के. फाइनलमा
- इलाम एफसी युके भेट्रान र बरमेक नामफिङ्ग सिक्किम सेमिफाइनलमा
- हाम्रो इटहरी र हाम्रो राजारानी भेट्रानको विजयी शुरुवात
- राराका राम बने सर्वोत्कृष्ट खेलाडी