काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज तीन टोलीहरु आ–आफ्नो खेलमा शिर्षताका लागि भिड्दै छन् । च्यासल स्टेडियममा ३ बजेदेखि दोस्रो स्थानको चर्च ब्वाईजले एनआरटीको सामना गर्दा चर्च ब्वाईजको लक्ष्य शिर्षता नै रहनेछ । लिगलिडर जावलाखेलसँगै समान २४ अंक भएको चर्च ब्वाईजलाई आज शिर्षता हासिल गर्न बराबरी गरे मात्र पनि पुग्नेछ । उता १७ अंकका साथ १०औं स्थानमा रहेको न्युरोडटिम विरुद्ध चर्चब्वाईजलाई महत्वपूर्ण अंक हासिल गर्न भने त्यति सहज नहुने निश्चित पनि छ ।
त्यस्तै दशरथ स्टेडियममा ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा चौथो स्थानको टोली सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ । लिगमा २२ अंक रहेको सातदोबाटोले पनि आज जित निकाल्न सके शिर्ष स्थानमा पकड बनाउने सम्भावना छ । त्यसका लागि सातदोबाटोलाई १८ अंकका साथ लिगतालिकाको नवौं स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबलाई हराउनुपर्ने चुनौति पनि हुनेछ ।
त्यस्तै साँझ ६ बजेदेखि शुरु हुने दिनको अन्तिम खेलमा २३ अंकका साथ तेस्रो स्थानमा रहेको थ्रीस्टार र १५ अंकका साथ पुछारमा रहेको फ्रेण्डस पनि आमने सामने हुँदैछन् । यो खेलमा थ्रीस्टारले जित निकाले शिर्ष स्थानमा उक्लिने अवसर छ भने फ्रेण्डसले आफु अनुकुल नतिजा निकाले रेलिगेशन क्षेत्रबाट बाहिरिने अवसर छ ।