News बहुभाषीलाई कुमारखत च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

रामधुनी । प्रथम कुमारखत च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुभाषी युनिटले जितेको छ । फाइनलमा बकलौरी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बहुभाषी च्याम्पियन बनेको हो ।

बहुभासीका लागि नितेस लिम्बुले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । निर्णायक गोल गरेका नितेस लिम्बु खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद र ट्रफी हात पारे ।

विजेता बनेको बहुभाषीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता बकलौरीले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ योगेन कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक प्रज्वल श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर मणी मगर घोषित भए । उत्कृष्ट मिडफिल्डर अजित चौधरी चुनिदा उत्कृष्ट फरवार्ड विवेक चौधरी घोषित भए । उदियमान खेलाडीको पुरस्कार भने आशिष चौधरीले हात पारे । नितेस लिम्बु सर्वाधिक गोलकर्ता बने ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments