News डाँडाबजार एफसी रारा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

राजारानी । डाँडाबजार फुटबल क्लब, धनकुटा जारी अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । आइतबार भएको तेस्रो क्वाटरफाइनलमा डाँडाबजारले बिर्तामोड युनाइटेड एफसी, झापालाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

राजारानी खेलमैदानमा भएको खेलको तेस्रो मिनट मै ओस्कारको गोलबाट डाँडाबजारले खेलमा अग्रता बनाएको थियो । ३३औं मिनटमा विवेक चौधरीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलमा डाँडाबजारका प्रमिजय गच्छदार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख २५ गते सोमबारको चौथो क्वाटरफाइनल खेल गाइघाट फुटबल क्लब, उदयपुर र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २८ गतेका दिन हुनेछ ।

Post Comments