काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा इन्टरनेशनल ब्रेक डे मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आकस्मिक बैठकले सो मैत्रीपूर्ण खेलबारे आधिकारिक रुपमा पुष्टी गरेको हो ।
यसअघि नेपाल र फिलिपिन्सबारे मैत्रीपूर्ण फुटबल म्याच हुनेबारे खबर बाहिरिए तापनि एन्फाले आधिकारिक रुपमा पुष्टी गरेको थिएन । नेपालले फिलिपिन्स कै घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । एन्फा महासचिव किरन राईका अनुसार १५ जुनका दिन मनिलामा नेपालले फिलिपिन्ससँग प्रत्सिपर्धा गर्नेछ ।
फिफा वरियतामा फिलिपिन्स १३६औं स्थानमा छ भने नेपाल १७४औं स्थानमा छ । स्मरण रहोस, यस वर्षको प्रतिष्ठित साफ च्याम्पियनसिप जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुँदैछ ।
मिसन महिला विश्वकप २०२७/३१
त्यस्तै एन्फाको सोमबार बसेको आकस्मिक बैठकले मिसन फिफा महिला विश्वकप २०२७/३१ पनि घोषणा गरेको छ । जसको संयोजकमा एन्फाका कार्यसमिति उपाध्यक्ष दिपक खतिवडा छन् । त्यस्तै सदस्यहरुमा सरिला श्रेष्ठ मलेकु र पेमा डोल्मा लामा रहेकी छिन् ।
त्यसबाहेक एन्फाले यु–१६ ए डिभिजन लिगबारे पनि सम्बन्धित क्लबहरुसँग आवश्यक छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै एन्फा अन्तरगत स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको सहकार्यमा न्युन्तम तीन वटा महिला एकेडेमी, दुई वटा पुरुष र ६ वटा क्लबले सञ्चालन गरेको एकेडेमी निरन्तर सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
बैठकमा भएका अन्य निर्णयहरुबारे तल विज्ञप्तीमा पढ्नुहोस्ः


- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)