कठमाडौं । मदन आश्रित स्मृति दिवसको अवसर पारी युवा संघ नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा आगामी जेठ ३ देखि ८ गतेसम्म मदन आश्रित स्मृति कप राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
लैनचौर खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि जेठ २ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि जानकारी दिइयो ।
नकआउटका आधारमा हुने प्रतियोगितामा करिब ५० देखि ६० टोलीहरुसम्मको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । साथै आयोजकले प्रतियोगिताबाट देशैभरिबाट इच्छुक क्लबहरुले सहभागिता जनाउन सक्ने पनि जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद १ लाख हात पार्ने आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिता सम्पन्न करिब २३ लाख खर्च हुने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै