News मदन आश्रित स्मृति कप जेठ पहिलो सातादेखि
गोलनेपाल

कठमाडौं । मदन आश्रित स्मृति दिवसको अवसर पारी युवा संघ नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा आगामी जेठ ३ देखि ८ गतेसम्म मदन आश्रित स्मृति कप राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

लैनचौर खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि जेठ २ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि जानकारी दिइयो ।

नकआउटका आधारमा हुने प्रतियोगितामा करिब ५० देखि ६० टोलीहरुसम्मको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । साथै आयोजकले प्रतियोगिताबाट देशैभरिबाट इच्छुक क्लबहरुले सहभागिता जनाउन सक्ने पनि जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद १ लाख हात पार्ने आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिता सम्पन्न करिब २३ लाख खर्च हुने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

 

 

Post Comments