News एसइइ फुटसल कप जेठ पहिलो सातादेखि
गोलनेपाल

काठमाडौं । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट कलेजको आयोजनामा आउँदो जेठ ६ गतेका दिन एसइइ फुटसल कप हुने भएको छ । आयोजक कलेज कै फुटसल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ । इच्छुक टोलीहरुलाई टिमदर्ता गर्ने अन्तिम मिति यही बैशाख ३१ गतेसम्म तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments