झापा । खेल नियमविरीत गतिविधि गरेको भन्दै झापाको ए डिभिजन क्लब काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई झापा जिल्ला फुटबल संघले ६ महिना निलम्बन गरेको छ ।
झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित जिल्लास्तरीय ए डिभिजन लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा खेल नियमविपरीत खेलेको, अफिसियललगयातले अनुशासन नियमावली मिचेको भन्दै संघले ६ महिना फुटबल गतिविधिमा निलम्बन गरेको होे ।
यसैगरी, सैनिक युथ क्लबसँगको अन्तिम खेलमा खेल नियमविपरीत विपक्षीलाई सहजरुपमा गोल गर्न आफ्नै खेलाडीलाई निर्देशन दिएका कारण पनि ए डिभिजनमा रहेको काँकरभिट्टा क्लबलाई बी डिभिजनमा घटुवा गर्ने निर्णय गरेको बताइएको छ ।
डिफेन्डिङ लिग च्याम्पियन शनिश्चरे एफसीले सैनिकसँगको अन्तिम खेलमा काँकरभिट्टाले मिलेमतो गरेको आरोपसँगै कारबाहीका लागि संघमा उजुरी गरेको थियो ।
उजुरीउपर शुक्रबार बसेको संघको बैठकले उक्त निर्णय गर्दै १० हजार नगद दण्ड जरिवाना गर्ने निर्णय भएको बताइएको छ । उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित क्लबलाई पत्राचार गर्न बाँकी रहेको संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले जानकारी दिए ।
यस्तै, काँकरभिट्टा र सैनिकबीचको खेलमा शनिश्चरेका समर्थकहरुले अभद्र व्यवहार गरेको, संघमाथि आक्रमण प्रयास गरेर अनुशासन उल्लंघन गरेको भन्दै ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा