News वेस्ट प्वाइन्टलाई ब्राइट फ्युचर कपको उपाधि
गोलनेपाल

काठमाडौं । वेस्ट प्वाइन्टले तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नैकापस्थित आयोजकको हातामा भएको फाइनलमा वेस्ट पोइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो ।

उपाधि विजेताले ३५ हजार नगद पुरस्कारसहित ८ लाख ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्यो । उपविजेताले २० हजार नगद पुरस्कारका साथ ५ लाख २५ हजार रुपैयाँ सम्मको छात्रवृत्ति पायो । सहभागी टिमलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्यामकृष्ण महर्जनले जनाएका छन् ।

वेस्ट प्वाइन्टका केशरजंग भुजेल उत्कृष्ट खेलाडी चुनिए । जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलरक्षक चुनिए भने वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता बने । कंकाली मावि, नैकापले अनुशासित टिमको पुरस्कार हात पायोै ।

विजेतालाई श्रीलंकाका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय फुटबल टोलीका पूर्व प्रमुख हरि खड्काले उद्घाटन गरेका थिए ।

Post Comments