News विजय युथ हेटौडा गोल्डकप जेठ तेस्रो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मोफसलको फुटबलमा आफूलाई निरन्तर सक्रिय राखेको एफसी, विजय युथ, मकवानपुरको आयोजनामा जेठ २० गतेदेखि विजय युथ हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्याम्पा डाँडा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु गरिसकिएको आयोजकले जनाएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्लाको फुटबल प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा मकवानपुरका क्लबहरुले मात्र सहभागिता जनाउन पाउने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments