News अमर निर्णायक बन्दा बिरगंज फाइनलमा
राजकुमार श्रेष्ठ

धनकुटा । झिनो अन्तरको जितका साथ बिरगंज युनाइटेड, बिरगंज यहाँ जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिरगंजले झापा फुटबल क्लब, झापामाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । तल्लो टुंडिखेल मैदानमा भएको खेलको २५औं मिनटमा अमर डंगोलले गरेको एक मात्र गोल बिरगंजलाई उपाधि नजिक पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता अमर डंगोल नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । अब बिरगंजले फाइनलमा जेठ २ गते मंगलबारका दिन प्लानिङ ब्वाईज क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्ने छ ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments