News नेपाल कमर्स क्याम्पस र आयोजक महेन्द्र बहुमुखी क्याम्पस सेमिफाइनलमा
गोलनेपाल

धरान । नेपाल कमर्स क्याम्पस, काठमाडौं र आयोजक महेन्द्र बहुमुखी क्याम्पस, धरान यहाँ जारी १५औं टियु बिबिए कप अन्तर क्याम्पस नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धरान रंगशालामा भएको तेस्रो क्वाटरफाइनलतर्फ नेपाल कमर्स क्याम्पसले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल कमर्सका लागि सञ्जय श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै चौथो क्वाटरफाइनलमा आयोजक महेन्द्र बहुमुखीले पाहुना टोली पृथ्वीनारायण क्याम्पस, पोखरालाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

पहिलो सेमिफाइनलतर्फ जेठ ३ गतेका दिन नेपाल कमर्स क्याम्पसले महेन्द्र बहुमुखी क्याम्पस, दाङको सामना गर्नेछ भने सोही दिन आयोजक महेन्द्र बहुमुखी क्याम्पस, धरानले शंकरदेव क्याम्पस, काठमाडौंसँग दोस्रो सेमिफाइनल खेल्नेछ ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ ५ गतेका दिन हुनेछ ।

Post Comments